प्रधानमन्त्रीलाई कालो झण्डा देखाएर नेविसंघको स्वागत


काठमाडौ । स्वीट्जरल्याण्डबाट स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाएर स्वागत गरेको छ ।
विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा भाग लिएर शनिबार स्वेदश फर्किएका प्रधानमन्त्री ओलीलाई नेविसंघले विमानस्थलमै कालो झण्डा देखाएका हुन्।
प्रधानमन्त्रीलाई ओलीलाई कालो झण्डा देखाउने नेविसंघ केन्द्रीय सदस्य सुशील भट्ट, निरन्जन थापा, सुवास घिमिरे, सुदीप अधिकारीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुई तिहाइको बलमा अनसनरत डाक्टर गोविन्द केसीले उठाएका माग पूरा नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोध गर्दै नेविसंघले कालो झण्डा देखाएको हो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता