लेटाङमा आजलागि ३७ लाख भन्दा वढी क्षति

लेटाङ, ५ माघः लेटाङ नगरपालिका ९ मदनपुर टोल वस्ने वंशराज दहालको काठको दईतले घर र नजिकै रहेको ग्वालीमा  विद्युत लाईन सर्ट भई आगलागी हुँदा ३७ लाख भन्दा वढीको क्षति भएको छ । आगो नियन्त्रणमा लिनको लागि  लेटाङबाट सह सेनानी पवन कटुवालको कमाण्डमा गएको ३३ जनाको फायर फाईटिङ टोलीले र स्थानीय वासीको सहयोगमा उक्त आगलागि नियन्त्रणमा आएको थियो । 
आगो नियन्त्रणको लागि ईटहरीबाट वारुण यन्त्र साथै नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत स्थानीय वासिन्दाहरुको समेत उपस्थिती रहेको थियो । उक्त आगलागीबाट स्थानीय वंशराज दाहालको घर पूर्ण रुपमा क्षती भएको हुंदा घर, गरगहना, अन्नपात, फर्निचर, नगद रु एक लाख तीसहजार र करिव छत्तीस लाख बराबरको सरसामन क्षति भएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता