डा. केसी शिक्षण अस्पतालको आईसीयूमा


इलाम : इलाममा अनशन बसेका डा. गोविन्द केसीलाई शुक्रबार बिहान काठमाडौं ल्याइएको छ । काठमाडौं ल्याउनका लागि बिहीबार राति इलामबाट झापा पठाइएका केसीलाई झापाबाट सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको बताइएको छ ।

 डा. केसीको  त्रिवि शिक्षण अस्पतालको आइसीयूमा राखी उपचार भइरहेको शिक्षण अस्पतालका कार्याकारी निर्देशक डा.प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् । 

डा. केसीको स्थास्थ्य अवस्था स्थिर रहेको, उनमा थकान र कमजोरी देखिएको डा.खड्गाले बताए ।   रगतलगायत अन्य परीक्षणको तयारी भइरहेको पनि उनले जानकारी दिए । डा. केसीको उपचारका लागि चिकित्सकको विषेश टोली बनाइने डा. खड्गाले बताए । 
 तस्बिर : अभिषेकराज सिंह

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता