सिद्धेश्वरीमा डेढलाखमा ऋतिक घिमिरे स्मृति अक्षय कोष स्थापना

इलाम, ३ माघः ब्लड क्यान्सरबाट मृत्यु भएका चौध बर्षिय बालक ऋतिक घिमिरेको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ । इलाम नगरपलिका वडा नम्बर ४ स्थित शिद्धेश्वरी आधारभुत बिद्यालयमा एकलाख लाख ५० हजार रुपैँयामा ऋतिक घिमिरे स्मृति अक्षय कोषको स्थापना गरिएको हो । 
स्वर्गीय घिमिरेले सोही बिद्यालयबाट आधारभुत तहको पढाइ सकेका थिए । कोषबाट प्राप्त ब्याजले सोही बिद्यालयमा अध्ययनरत एक जना उत्कृष्ट विद्यार्थीलाई हरेक बर्ष पाँचहजार रुपैंयाँ दिइने बिद्यालयले जनाएको छ । ब्लड क्यान्सरबाट पिडीत बनेका बालकको उपचारको क्रममा गत भदौ ७ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा निधन भएको थियो । क्यान्सरबाट पिडीत भएका ऋतिकको उपचारका लागि स्थानीय युवाहरुको सक्रियतामा ऋतिक बचाउ अभियान सञ्चालन गरीएको थियो । 
सो अभियानका क्रममा देश बिदेशबाट गरेर चौधलाख ९७ हजार ३ सय ७० रुपैंयाँ संकलन भएको थियो । संकलित रकममध्ये १३ लाख ४७ हजार ३ सय ७० रुपैया ऋतिकको उपचारमा खर्च भएको अभियानका संयोजक गोपाल निरौलाले जानकारी दिनुभयो । समितिले पत्रकारहरु माझ खर्च बिबरण सार्वजनिक गरेर जानकारी गराएको हो । उपचारमा खर्च भएपछि बाँकी रहेको एकलाख ५० हजार रुपैंयाँ ऋतिकको नाममा बिद्यालयमा अक्षय कोष स्थापना गरीएको निरौलाले जानकारी दिनुभयो ।
 गतबर्ष एसइइ परीक्षाको तयारी गरीरहेका ऋतिक बिरामि भएपछि धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा उपचार गर्ने क्रममा उनलाई ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । क्यान्सर भएको थाहा पाएपछि आर्थिक अवस्था कमजोर भएका उनको परिवारले छोराको उपचारमा लाखौं रुपैंयाँ खर्च गरेको थियो । तर पनि रोग निको नभएपछि चिन्तित बनेका ऋतिकका परिवारलाई बिपी कोइराला क्यान्सर अस्पातलले ३० लाख रुपैया खर्च लाग्ने बताएको थियो । तर उनको परिवारसंग यत्ति धेरै रकम नभएको र जायजेथा बेचेर भएको पैसा समेत सकिएर चिन्तित भइरहेको अवस्थामा स्थानीय युवाहरुको सक्रियतामा ऋतिक बचाउ अभियान समिती बनाएर आर्थिक संकलन गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता