बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक महोत्सव हुने

  • मनिषा चम्लागाईँ, 

झापा, २० पुसः आगामी माघ ११ देखी २३ गते सम्म झापाको बिर्तामोडमा “बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव २०७५” हुने भएको छ । नेपाल सहित बिभिन्न देशमा उत्पादित उत्पादनलाई एकै ठाउँबाट ग्राहक सम्म पु¥याउने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजक बिर्तामोड उद्योग वणिव्य संघ झापाले बताएको छ । महोत्सव बिर्तामोड स्थित धर्मकाँटा उत्तरको क्षेत्रमा आयोजना गर्न लागिको बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जनाएको छ । 
खुल्ला बजार तथा सञ्चारको सर्वसुलभताले गर्दा वर्षेनी बिश्व बजारमा नयाँ हजारौ उत्पादन भित्रीए पनि ग्राहकले सहज रुपमा पाउन नसकेकाले महोत्सवको आयोजना गर्दै एकै स्थानबाट विश्वका बिभिन्न देशका उत्पादन भएका र नेपालको उत्पादनलाई ग्राहक माझ पु¥याउने कोसिस गरेको बताएको छ । 
सो महोत्सवमा झापा सहित नेपालका बिभिन्न जिल्लामा उत्पादित स्थानिय उत्पादन देखी नेपाली बजारमा भित्रिएका र भारत, बंगलादेश, पाकिस्तानका बजारमा आएका उत्पादनलाई स्टलको रुपमा राखिने बिर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष कुमार भट्टराईले बताए । मेलामा भारत, बंगलादेश र पाकिस्तानका व्यवसायी र व्यापारी बिच सामान प्रदर्शन गर्ने विषयमा कुराकानी भईसकेको र चीन र थाईलेण्डका व्यापारी सँग समेत स्टल राख्ने विषयमा कुराकानी भईरहेको अध्यक्ष भट्टराईको भनाई छ । 
३ विगाह ३ कठ्ठा क्षेत्रफलमा आयोजना गरिने सो महोत्सवको अवधी भर २ लाखले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । महोत्सव आयोजना गर्न १ करोड ५ लाख लागत अनुमान गरिएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवका सचिव सञ्जिव घिमिरेले बताए । महोत्सवका सुरक्षाका लागि २४ घण्टानै सुरक्षा कर्मिले निगरानी गर्ने व्यवस्था मिलाईएको छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता