हरि गुरुङलाई व्यवसायिक पर्यटन पुरस्कार

इलाम, २० पुसः इलाममा आयोजना भएको लगानी सम्मेलनको अवसरमा विभिन्न विद्यामा ७ वटा पुरस्कार वितरण गरिएकाने छ जसमा इलाममका पर्यटनकर्मी हरि गुरुङलाई व्यवसायिक पर्यटन पुरस्कारद्वारा पुरस्कृत गरिएको छ । उनलाई नगद दश हजार सहित सम्मान गरिएको हो । 
इलाम नगरपालिका वडा नं. ५ लाई वातावरण पुरस्कार, मंगेश वस्नेतलाई खेलकुद पुरस्कार, रोशन कर्मचार्यलाई संगित, कला, साहित्य पुरस्कार, मनवहादुर गुरुङलाई सामाजिक सेवा पुरस्कार, विष्णु निष्ठूरीलाई सञ्चार क्षेत्रको पुरस्कार र महानन्द ओझालाई व्यवसायिक कृर्षि पुरस्कार दिएको छ । कार्यक्रमा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले वितरण गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता