प्रधानमन्त्रीद्वारा इलाममा लगानी सम्मेलन उद्घाटन

इलाम, २० पुसः देशभरका उद्योगी ब्यवसायीको सहभागीतामा इलाममा आजबाट लगानी सम्मेलन शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा इलामको गौतमसभा गृहमा सम्मेलनमो उद्घाटन भएको हो । 
जिल्लामा पर्यटन हाईडो कृषि लगायतका लगानीका प्रसस्त संभावना भए पछि अन्य क्षेत्रका लगानी कर्ता नभित्रीएको भन्दै लगानीको वातावरण बनाउन नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो । लगानी सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्रीकेपी शर्मा ओलीले उद्योगी ब्यावसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नु भयो । उहाले लगानीको वातारण र सुरक्षा सरकारले दिने आश्वासन उद्योगीलाई दिनुभयो । 
कार्यक्रमममा प्रधानमन्त्री ओलीलाई इलामनगरपालिकाले नागरिक अभिनन्दन गरेको छ । नगरपालिकाले आयोजना गरेको अभिनन्दन कार्यक्रम र लगानी सम्मेलनको नेपाली कांग्रेसले  एक पक्षिय रुपमा गरेको भन्दै बहिस्कार गरेको छ । उद्योगीहरु बीचमा लगानी सम्मेलनका बिषयमा आज र भोली छलफल हुने  नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता