अमेरीकाको युथ सर्भिस बोर्ड सल्लाहकारमा इलामका माधव गुरुङ

इलाम, २० पुसः अमेरिकाको उत्तरपूर्वी राज्य न्यूह्यामसरको सबैभन्दा ठूलो नगर म्यान्चेस्टर सिटीको युथ सर्भिस बोर्ड सल्लाहकारमा इलामका माधव गुरुङ चयन भएका छन् । इलामको जमुना इंग्लामा जन्मिएका माधव इलाममा पत्रकारितामा सक्रिय थिए ।
सिटीको मेयर जोईस क्रेगको प्रस्तावलाई नगर परिषदले पारित गरेपछि बुधबार गुरुङले सल्लाहकारमा नियुक्ति पाएका हुन । उनले नगरको प्रशासकीय अधिकृत सिटी क्लार्कबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरिसकेका छन् । नगर क्षेत्रमा युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि गुरुङले युथ सर्भिस बोर्डलाई सल्लाह दिनेछन् । उनको पदावधी १ जनवरी २०२२ सम्म रहनेछ ।
युवालाई सकारात्मक कामका लागि उत्प्रेरणा, अभिवृद्धि, लागूऔषध मुक्त समाज लगायतका युवा केन्द्रित विभिन्न क्षेत्रमा बोर्डले काम गर्दै आएको छ । इलाममा जन्मिएका गुरुङ पछिल्लो १० वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । न्यूह्यामसर नेपाली समाजका सचिव उनी न्युह्यामसर गुरुङ समाजका महासचिव हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता