सरकारी स्वामित्वको कृषि समाग्री कम्पनीको मलमा छल

काठमाडौं – सरकारी स्वामित्वको कृषि समाग्री कम्पनीले रकमको चलखेल गर्न मल आपूर्ति गर्ने ठेकेदार कम्पनीलाई आफूखुसी म्याद थप्दै आएको छ । 
यसरी म्याद थप्दा एकातिर मल चाहिने बेलामा किसानले चर्को अभाव बेहोर्छन् । अर्कोतिर लाखौँ रुपैयाँ घोटाला हुन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 
कृषि समाग्रीमा जानाजान हरेक आपूर्तिकर्ता कम्पनीलाई पटकपटक म्याद थप्ने गरको छ ।
कृषि तथा पशुपक्षि विकास मन्त्रालयले कूल खपतको करिब ७५ प्रतिशत मलको आयात बिक्री वितरण गर्ने जिम्मा कृषि सामाग्री कम्पनीलाई दिएको छ । नियतवशः कृषि सामाग्री कम्पनीले समयमा मल आपूर्ति नगर्दा अहिले देशभरि गहुँबालीलाई चाहिने युरियाको चर्को अभाव छ ।
‘डलरको चलखेलमा आफूखुसी सम्पूर्ण आपूर्तिकर्तालाई पटक पटक म्याद थप्दा निर्धारित बाँलीको बेलमा कहिल्यै मल आपूर्ति हुँदैन,’ कम्पनी स्रोतले भन्यो । स्रोतका अनुसार यसरी पटक पटक म्याद थप्दा प्रतिमेट्रिक टनमा २५ देखि ३० डलर खेल हुन्छ । 
यसरी मेट्रिक टनमा आएको ३० डलर कृषि सामाग्री उच्च अधिकारीदेखि कृषि तथा पशुपक्षी मन्त्रालयका अधिकारीसम्म भागबनडा लाग्ने गरेको स्रोतले दाबी  छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता