पहिलो पाइला झापा पाँचथरमा

बिर्तामोड, २८ पुसः पहिलो पाइला नेपालले पाँचथर याङवरक गाउँपालिका –३मा रहेको गुप्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।  
विद्यालयमा अध्ययनरत् ३६ जना विद्यार्थीलाई पहिलो पाईला नेपाल बिर्तामोड शाखाले न्यानो कपडा वितरण गरेको हो । पहाडी इलाकामा जाडो बढी रहेकाले स्वेटर, टोपी, मोजा वितरण गरिएको पहिलो पाइला बिर्तामोड कार्यवाहक अध्यक्ष रेखा चम्लागाईँले बताइन् । दाताको सहयोगले उक्त काम गरेको उनको भनाइ छ । 
गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कृष्णभक्त न्यौपाने लगायतको सहभागीता थियो । विद्यालयले पहिलो पाईलाको कामलाई प्रसंशा गर्दै सम्मान पत्र दिएको छ । हिलो पाइला झापाका ४ सदस्य कार्यक्रम स्थलमा पुगेका थिए । कार्यक्रमको सञ्चालन केशवशरण अधिकारीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता