इलाममा नाममात्रको लगानी सम्मेलन


पौष २० गते (हिजो) इलाममा लगानी सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली आए । इलाममा लगानी गर्न लगानी कर्तापनि आएका थिए । लगानी कर्तालाइ प्रधानमन्त्रीको भाषण सुन्न मात्र बोलाइएको जस्तो देखियो  । कार्यक्रममा प्रधानमन्त्रीले संवोधन गरेपछि कार्यक्रम सकियो लगानी कर्ता भाषण सुने र फर्किए । 
नगरपालिकाले लगानी सम्मेलन भनेर बोलायो अनि प्रधानमन्त्रीको् भाषण पछि कार्यक्रम सकिएको घोषण गर्दा इलामबासी आस्चर्यमा परे । धेरैले सोचेका थिए इलाममा लगानी सम्मेलनले जिल्लाको विकास हुन्छ भनेर तर लगानी संम्मेलनको नाममा अभिनन्दमा मात्रै सिमित रहयो । काठमाण्डौ देखिका लगानी कर्ता बोलाइयो । इलाममा लगानी गर्न भनेर भ्याइ नभ्याइ आए तर प्रधानमन्त्रीको भाषण सुने अनि फर्के । यसरी इलाम नगरबासीलाई लगानी सम्मेलनका नाममा आँखामा छारो हाल्न खोजेको मात्र देखियो । लाखाँै खर्चगरेर आयोजना गरिएको लगानी सम्मेलन उपलब्धि बिहिन बनेको छ । 
लगानी कर्तालाइ बोलाउनु भनेको आसन ग्रहण राख्न मात्र होइन बाहृय लगानी भित्र्याउनका लागी हो । लगानी कर्ता सँग कुनै छलफल हुदैन भने कसरि बाहृय लगानी भित्रन्छ रु लगानी गर्ने भनेर नगरपालिकाले लाखौ खर्च गरो तर अभिनन्दन मात्रैमा सिमित हुँदा इलाम बासीले जनप्रतिनिधिले विकासगर्छन भन्नेमा अविश्वास खडा भएको छ ।
नगरपालिकाले नागरिक अभिनन्दन गर्यो तर गौतमबुद्घ सभाहल भित्र लगेर जनता प्रधानमन्त्रीको नागरीक अभिनन्नदन हेर्न आए हलमा छिर्न नपाए पछि भवन हेरेर चित्त बुझाए । नागरिक अभिनन्दन इलामका नागरिकले हेर्न नपाउने हो भने अभिनन्दनको के औचित्य रु 
लगानी सम्मेलन सफल बन्दा जिल्लामा कृषिको सम्भावना भएका क्षेत्रलाइ सहयोग पुग्ने थियो । इलामले विकासमा ठूलो फड्को मार्ने थियो । इलामका किसान लाई कृषि क्षेत्रमा टेवा पुग्ने सपना देखेका इलाबासीकमो सपना सपनामै सिमित रहनेभयो । 
 सन्दकपुर अनलाइनबाट 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता