झापा सभापतिसहित नेवीसंघ नेता पक्राउ

बिर्तामोड, ११ माघः संसदमा कांग्रेसको विरोधको बाबजुद चिकित्सा शिक्षा विधेयक पारित गरिएको भन्दै बानेश्वरमा प्रदर्शनीमा उत्रिएका नेवि संघका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न स्थानमा गरी ६० भन्दा बढी नेवि संघका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । डा केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै उनीसँग विगतमा भएको सहमतिअनुसार मात्रै चिकित्सा शिक्षा विधेयक पास गर्न जोड दिँदै संसद भवन अगाडि नाराबाजी गर्दै आएका छन् ।
प्रदर्शनका क्रममा नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, केन्द्रिय सदस्य नवराज त्रिपाटी, नेवि संघ झापा सभापति राजेन्द्र उप्रेती, नेविसंघ नेता कुमार दुलाल, महेन्द्र भट्टराई लगायतलाई  प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा पुर्याएको नेविसंघका केन्द्रीय सदस्य प्रेमिकाराना मगरले बताइन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता