इलामको पशुपतिनगरमा अध्यागमन कार्यालयः सेवा चाहिँ छैन

इलाम, २३ पुष स् इलामको सूर्योदय नगरपालिकामा पर्ने पशुपतिनगरस्थित फाटक नाकामा अध्यागमन कार्यालय खोलिएको भएपनि त्यहाँबाट सेवा दिने काम थालिएको छैन । 
उक्त नाकामा भारतीय पक्षबाट अध्यागमन कार्यालय स्थापना नगरिदिएका कारण नेपालको अध्यागमन कार्यालयले सेवा दिन नसकेको हो ।
कार्यालयले सेवा दिने काम थाल्न नपाएपछि कार्यालय स्थापना गरिएको भएपनि त्यसको उद्घाटन सम्म पनि हुन पाएको छैन । पशुपतिनगरमा खुलेको अध्यागमन कार्यालयका कार्यालय प्रमुख रहेका गणेश चन्द्र मिश्रका अनुसार पुष १ गतेदेखि नै कार्यालय सञ्चालन गर्ने भनिएको भएपनि गृहमन्त्रीको समय अभावका कारण कार्यालय उद्घाटन गर्न पाइएको छैन ।
उनले गएको पुष १ गते नै कार्यालय उद्घाटन गर्ने भनिएको भएपनि गृहमन्त्री रामबहादुर थापा बादलको समय अभावका कारण सो हुन नसकेको भन्दै पुष १ गतेदेखि नै कार्यालय खोल्ने र रुँग्ने काम भइरहेको बताए । उनले भने, ‘अहिले कार्यालयको विजिनेश पनि छैन । खोल्ने र बन्द गर्ने मात्र भइरहेको छ ।’ भारतीय पक्षले पनि फाटक नाकामा अध्यागमन कार्यालय खोलेपछि मात्र नेपालतिरको कार्यालयको काम आउने कार्यालय प्रमुख मिश्रको भनाई थियो ।
मिश्रका अनुसार मन्त्रालयमा जानकारी दिइसकिएको छ । भारततर्पm पनि तत्काल कार्यालय खुल्ने भनिएपनि अहिलेसम्म भएको छैन । ‘मन्त्रालयबाट प्रोसेस भइरहेको होला’, उनले भने । तेस्रो मुलुकबाट आउने पर्यटक अर्थात् आगन्तुकलाई नेपाल प्रवेशको अनुमति दिने र तेस्रो मुलुकका पर्यटकलाई भारत प्रवेश गर्दा भिषा दिने काम गर्ने यो कार्यालय भारतपट्टि त्यस्तै कार्यालय नखोलुञ्जेल कामबिहीन बन्नेछ ।
अध्यागमन कार्यालय पशुपतिनगरमा सात जना कर्मचारीको दरबन्दी रहेको छ । यो कार्यालय यसअघि भन्सार कार्यालयको जग्गामा पर्यटन सूचना केन्द्र रहेको भवनमा राखिएको छ । पर्यटन सूचना केन्द्रको लागि सो भवनको एउटा कोठा राखेर बाँकी अध्यागमनलाई दिइएको हो । 
अहिले कार्यालयमा पुष १ गतेदेखि एकजना कार्यालय सहयोगीले कार्यालय खोल्ने र बन्द गर्ने काम गरिरहेकी छिन् भने पुष १५ देखि कम्प्यूटर अपरेटर पनि उपस्थित छिन् । खोल्ने बन्द गर्ने गरिएपनि उद्घाटन नगरिएकोले कार्यालयको साइन बोर्ड बाहिर नटाँगेर भित्र एउटा कोठामा राखिएको छ । सन्दकपुर अनलाइनबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता