विराटनगर महानगरपालिको कपडा उद्योगमा आगलागी हुँदा ६० लाखभन्दा बढीको क्षति

मोरङ । विराटनगर महानगरपालिको एक कपडा उद्योगमा आगलागी भएको छ । उद्योगमा आगलागी हुँदा रु ६० लाखभन्दा बढीको क्षति भएको हो ।
प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ अनुसार विद्युत् सर्ट भएर आगलागी हुँदा भाग्य फेसन गार्मेन्ट उद्योग सञ्चालन गरिएको घर, १७ वटा कपडा सिलाउने मेशिन, कटिङ मेशिन, तयारी कपडा, थान कपडा, कपडा बनाउन प्रयोग गरिने कच्चा पदार्थ, जेनेरेटर, फ्रिज, पङ्खा, इन्भर्टर, कम्प्युटर, टिभी, फर्निचरका सामान जलेर नष्ट भएको छ ।
नारायण चौधरीले सञ्चालन गरेको सो उद्योगमा रहेको को१२प ६३८३ नंको मोटरसाइकल जलेको प्रहरीले बताए । दुई घण्टापछि दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाए। 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता