‘समर लभ’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

सुबिन भट्टराईको उपन्यास समर लबमा आधारित नेपाली कथानक चलचित्र ‘समर लब’ को ट्रेलर सार्वजनिक भएको छ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा नायक आशिस पिया र नायिका रेवती क्षेत्रिलाई प्रस्तुत गरिएको छ। 
चलचित्रमा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतिकलगायतको अभिनय छ।
सुबिन भट्टराईको कथा रहेको यस चलचित्रमा पुस्पन प्रधानले संगीत भरेका छन्। ब्यवसायिक रुपमा सफल चलचित्र नाइ नभन्नु ल ३ मा उत्कृष्ट निर्देशन गरिसकेका निर्देशक मुस्कान ढकालले चलचित्र ‘समर लब’ लाई निर्देशन गरेका हुन्। 
वास्तविक प्रेम गर्ने जोडीको सम्बन्ध बारेमा राम्रोसँग देखाउन खोजिएको र चलचित्रले सबै नेपालीको मन जित्ने कुरामा निर्देशक ढकाल ढुक्क रहेको जानकारी गराए।
हेर्नुहोस् भिडियो


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता