
इलाम, १० फागुनः इलाम जिल्ला प्रहरी कार्यालयको आयोजनामा आज प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न भएको छ । इलाम सदरमुकामा रहेको आदर्श माविका विद्यार्थीहरुलाई प्रहरीले गर्ने कार्यहरुको अवलोकन गराउँदै अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
आदर्श माविका दुई जना शिक्षक सहित ५० जना विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयले गर्ने कार्यहरुको
जानकारी गराउँदै विभिन्न कक्षहरुको अवलोकन गराएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख मादव प्रसाद श्रेष्ठले सहजीकरण गरेको कार्यक्रमा पशुपतिनगरका कार्यालय प्रमुख, मंगलबारेका कार्यलय प्रमुख, जिल्ला ट्रफिक कार्यालय प्रमुख लागयतको उपस्थिति रहेको थियो ।
कार्यक्रमा विद्यार्थीहरुले प्रहरी कार्यालयमा रहेको सम्पूर्ण कक्षको अवलोकन तथा जानकारी लिएका थिए । कार्यक्रमको अन्त्यमा आदर्श माविका प्रधानाध्यपक कुमार पौडेलले यस्ता कार्यक्रमहरु गरिरहे विद्यार्थीहरुले प्रहरी र अपराध सम्वन्धि धेरै जानकारी पाउने वताएका थिए । अन्तरक्रिया पछि धेरै कुराहरुको ज्ञानलिएको र जिल्ला प्रहरी कार्यालयलाई धन्यवाद दिएका थिए ।