माईभ्याली गोल्डकपमा भाग लिने खेलाडीहरुको दुर्घटना बीमा हुने

इलाम, १४ फागुनः आईएमइ जनरल इन्सुरेन्सले नेपालमै पहिलो पटक फुटबल प्रतियोगिताका सहभागि खेलाडीहरुलाई दुर्घटना बीमा गर्ने भएको छ । उक्त इन्सुरेन्सले आगामी फागुन २६ गतेदेखि इलाम सदरमुकाममा संचालन हुन गईरहेको पाँचौ अन्तराष्ट्रिय माईभ्याली गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने १० वटै टिमका खेलाडी तथा अफिसियल लगायत आयोजक संस्था माईभ्याली फुटबल क्लबका ३० र स्वयमसेवक ३० जनालाई खेल संचालन अवधि भर जनही पाँचलाख रुपैंयाको दरले बीमा गर्ने भएको हो । 
आईएमइका वरिष्ठ प्रबन्धक शिवप्रसाद लामिछानेले माईभ्याली फुटबल क्लबलाई पत्र पठाई सो बारे जानकारी दिएको हो । प्रतियोगितामा सहभागी हुने तेस्रो राष्ट्रका क्यामरुन, हङ्गकङ्ग, दार्जिलिङ्ग लगायत नेपालका ७ वटा क्लबका २५/२५ जना खेलाडी तथा अफिसियलहरुको नेपालको सीमा भित्र हुने सामुहिक दुर्घटना बीमा व्यर्होने भएको इन्सुरेन्सका इलाम प्रतिनिधि दिलिप पौडेल जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता