
इलाम, १४ फागुनः इलामको गोलाखर्क भञ्ज्याङमा रहेको राहसल बाल अनाथलयको भवन निमार्ण भइ रहेको छ । १५ जना बालबालिका रहेको राहसलको घर बनाउने काम चन्द्र राईको संयोजकत्वमा रहेको ७ जानाको समितिले अभियान सञ्चालन गरेर गरिरहेको छ । अहिले भवन निमार्णको काम शुरु भएको छ ।
सहयोगी मनहरुबाट रकम पनि सहयोग भइरहेको छ । सोमबार मात्र पनि राहसल बाल अनाथलय इलामको घर निर्माणका लागि प्रेम कुमारी चन्द्र सेन फाउन्डेसन काठमाडौंका सस्थापक प्रेम कुमारी खड्गी धोत्रेले प्रथम किस्ता बापत रु दुई लाख सहयोग गर्नु भएको छ । साथै अरु थप एक लाख निर्माण हुँदै गर्दा सहयोग गर्ने वचन दिनु भयो ।उक्त रकमको चेक उहाको आफन्त सुरेस खड्गी लगायत अन्य आफन्तहरु र सस्थाका पधादिकारिहरुको उपस्थितिमा हस्तान्तरण भयो।

अनाथलयका संस्थापक अध्यक्ष राजेन्द्र चौहानले अनाथयलाई ८ रोपनी जग्गा दान गरेका हुन र त्यही जग्गामा भवन लगायत अन्य संरचनाहरु, पार्कहरु बनाएर अनाथलायलाई व्यवस्थित बनाएर अघि वढ्ने पनि चौहानले बताए ।
साथै अनाथलयको भावन निमार्ण लागयत अन्य व्यवस्थापनको सम्पूर्ण हिसव पारदिर्शि रुपमा सर्वजनिक गरिने र अभियानमा सवैजनालाई सहयोगको अपिल पनि संयोजक राईले गरेका छन् ।