राहसलमा शैक्षिक उन्नतिका लागि अभियान


  • प्रकाश परियार

इलाम, १४ फागुन : इलाम सदरमुकामस्थित राहशल बाल अनाथालयमा अनाथ बालबालिकाहरुको शैक्षिक उन्नतिका लागि अभियान सुरुवात भएको छ । सचेत विद्यार्थी अभियान, इलामको सक्रियतामा अनाथ बालबालिकाहरुको लागि शिक्षा भन्ने नारा सहित अभियान सुरु गरिएको सचेत विद्यार्थी अभियानका अभियन्ता प्रशान्त गिरीले जानकारी गराएका छन । 
अभियानको उद्घाटन जिल्ला युवा समिति, इलाम अध्यक्ष नवराज शंकर, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका प्राध्यापक योगेन्द्रमान श्रेष्ठ, समाजसेवी भुषण मुकारुङ, युवा अभियन्ता प्रकाश परियार, विद्यार्थी नेता इश्वरी तामाङ, समाजसेवी कृष्ण श्रेष्ठको उपस्थितिमा भएको हो । अन्य समय सो अनाथलयमा खाद्यान्न, लत्ताकपडा, फलफुल सहयोग लिएर साथै जन्मदिन मनाउन आउने गर्ने गरेको देखेका आश्रित बालबालिका अभियान कार्यक्रममा त्यस्ता केहि सामाग्रीहरु नदेखेपछि छक्क परेका थिए । तर शैक्षिक उन्नतिको लागि संचालन गरिएको कोचिङ कक्षा अभियान भन्ने थाहा पाए पछि बेग्लै खुसीमा देखिएका थिए । 
अनाथ बालबालिकाको शैक्षिक उन्नतिको लागि संचालन गरिएको अभियान समाज र राष्ट्र प्रति युवाहरुलाई जिम्मेवार बनाउने प्रभावकारी सामाजिक अभियान रहेकोले आ–आफ्नो तर्फबाट सहयोग गर्ने उद्घाटनको क्रममा अतिथिहरुले प्रतिबद्धता जनाएका छन् । सचेत विद्यार्थी अभियानमा संलग्न महेन्द्ररत्न बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थीले एक महिने अभियानमा दैनिक सहभागी भएर विद्यार्थीलाई कोचिङ कक्षा संचालन गर्ने छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता