- नमीन ढकाल

इलाम । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी प्रदेश नं १ स्तरिय पुरुष फुटबल छनौट खेलमा इलाम बिजयी भएको छ । मेची रंगशालामा आज भएको छनौट खेलमा इलामले सुनसरीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । इलामको तर्फबाट पासाङ शेर्पा, दिपेश राई र विक्रम राईले गोल गरेका थिए भने सुनसरीका तर्फबाट तिर्थ बस्नेतले पेनाल्टीमा सान्तवाना गोल फर्काएका थिए ।
भोली आफनो दोश्रो खेलमा इलामले सोलुखुम्बुसंग प्रतिस्पर्धा गर्ने प्रशिक्षक दर्शन भक्तराजले जानकारी दिए । हिजोबाट सुरु भएको प्रतियोगिता फागुन १८ गते सम्पन्न हुनेछ । प्रतियोगिताबाट छानिएका खेलाडीहरु नेपालगञ्जमा हुने आठौ राष्ट्रिय खेलकुदमा प्रदेश नं १ टिमको प्रतिनिधित्व गर्दै सहभागी हुने छन् ।
लोकल सन्देशबाट