भोटेटार बिजयी, भेट्रान पनि शुरु


  •  गोबिन्द पौडेल  

रोङ १४ फागुनः  पर्यटन प्रर्वधन, सामाजिक कार्य र टोलसुधारको लक्ष्य सहित रोङ ४ को पहरीगाउमा  ११ गते देखी लातेभकुण्डो प्रतियोगिताको आजबाट क्वाटर फाइनलका खेलसगै भेट्रानहरुको खेल पनि शुरु भएको छ ।  
 आज भएको पहिलो क्वाटर फाइनलको खेल बुद्धशान्तिको भोटेटार फुटबल टिमले फाजीगाउ फुटबल टिम बिच भएकोमा   बुद्धशान्तिको भोटेटार फुटबल टिमले फाजीगाउ फुटबल टिमलाइ  एक शुन्य  गोलले हराएको छ । भोली दोश्रो क्वाटर फाइनलको खेल भेनस सुन्दरपानी र जिर्मले फुटबल क्लब बिच हुने भएको छ ।
यसैगरि आजबाट सोही खेलमैदानमा भेटान प्रतियोगिता समेत शुरु भएको छ । कुल आठ टम सहभागि भेटानहरुको खेलमा प्रथम पुरस्कार नगद १२ हजार र दोश्रो पुरस्कार नगद ८ हजार राखिएको छ । आज भएको पहिलो भेटान हरुको खेलमा आयोजक ए टिमलाइ आयोजक बीले सड एन्ड डेथमा एक गोल गरेर बिजयी बनेको छ । यसैगरि भोली भेनस सुन्रपानी र मानाबुङ्ग भेटान आमने सामने हुने छन् 
रोङ ४ पहरीगाउ खेलकुद समितिको आयोजनामा भइरहेको सो  खेलहरु आगामी फागुन २१ गतेसम्म संचालन हुने भएको छ । इलाम र झापाको १६ टिम सहभागी र्हेको सो खेलमा बिजयी टिमले नगद ५१ हजार ट्रफीर प्रमाण पत्र र उपबिजेताले नगद ३१ हजार ट्रफीर प्रमाण पत्र पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता