अनुदानमा मकैको बिउ बितरण

रोङ १४ फागुन  रोङ गाउपालिका वडा नं ६ ले किसानहरुलाए अनुदानमा मकैको बिउ बितरण गरेको छ ।
वडा कार्यलयको कार्य योजना अनुसार मागको आधारमा किसानलाइ ५० प्रतिसत अनुदानमा रामपुर कम्पोजिट । मनकामना जातको ३ सय किलो बिउ बितरण गरेको कुषि प्रबिधिक मोहन अधिकारीले बताए । यता वडा कार्यलयले ५० प्रतिसत अनुदानमा ४० रुपैयामा प्रति किलो मकै  बितरण गरेको भएपनि हरकटे बजारमा रहेको एक एग्रोभेटमा सोही जातको मकै प्रतिकिलो  १ सय २० रुपैयामा बिक्रि गर्ने गरेकोपाइएको  छ । यसरी सामान्य बस्तुमा त किसानलाइ यति ठूलो फरक मुल्य अन्तर गरिदै आएको पाइन्छ भने  सुसासन र समृद्धिको  रटान लगाउने सरकारले किन नियमन गर्न सक्दैन  आम नागरिकहरुको प्रश्न रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता