माईका विकासको रुखबाट खसेर मृत्यु

इलाम, १४ फागुनः इलामको माइनगरपालिकामा आज दिउँसो रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु  हुनेमा माइनगरपालिका ७ फेवा खोला बस्ने मन कुमार खड्काको  १४ वर्षिय छोरा बिकास खड्का रहेका छन् । 
उनलाई घर नजिकै रहेको जंगलमा साजको रुखमा चढि घास काट्ने क्रममा हागो भाचिन गइ सोहि रुखको अर्को हागोमा निजले लगाएको भेष्टको पासो लागि मृत अवस्थामा झुण्डिएको अवस्थामा आफन्तले  फेला पारी तत्काल प्रहरीलाई जानकारी गराउन साथ प्रहरी टोलि खटी गई  कानुनी प्रकृया पुरा गरी सवलाई पोसमार्टको लागी जिल्ला अस्पताल ईलाममा ल्याई राखिएको छ ।घट्‍ना बारे थप अनुशन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता