
इलाम, १४ फागुनः इलामको दानबारीबाट आज प्रहरीले काठ सहित ट्याक्टर बरामद गरेको छ । प्रहरी चौकी दानाबारी इलाम तथा सशस्त्र बेश क्याम्प दानाबारीबाट खटिएको सयुक्त गस्ति टोलिले गस्ति गदै जाने क्रममा ईलाम जिल्ला माई नगरपालिका २ चेप्टि भन्ने स्थानमा लुकाई छिपाई राखेको सखुवाको बिभिन्न प्रकारको चिरान काठ ८० क्यु.फीट बरामद गरी सोही स्थानबाट ट्याक्टरमा लोड गरी आवश्यक कार्वाहीको लागी दक्षिणी सेक्टर बन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानाएकोछ ।