सात खाल्डे सहिद स्मृति फुटबलको फाइनल भोली, समापनमा गगन थापा आउँदै

इलाम, ६ फागुनः  इलामको नेपालटारमा भईरहेको सातखाल्डे सहिद स्मृति गोल्डकपको फाइनल खेल भोली रेर्डहर्स र सूर्योदय फुटबल क्लव फिक्कल विच ११ बजे हुने छ ।
फाइनलखेल हेर्न तथा कार्यक्रम समापन गर्न नेपाली कांग्रेसका प्रभाशालि युवा नेता गगन थापा आउने भएका छन् । आइतबार भएको पहिलो सेमिफाईनलमा हेलिवोथ फुटबल क्लवलाई  सूर्योदय स्पोटीङ क्लवले ०–१ ले हराएर फाइनलको यात्रा तय गरेको थियो ।
त्यस्तै  आइतबार नै भएको दोस्रो सेमिफाइनलखेलमा  सन्दकपुर फुटबल क्लव र रेर्ड हर्स इलाम विच खेल बराबर भए पछि ट्रभब्रेकरमा रेड हर्स इलाम विजयी भएको थियो । 
नेपाली काँग्रेस क्षेत्र नं. ३ इलामले आयोजना गरेको खेलको प्रथम पुरस्कार एक लाख पाँचहरुर र देस्रो पुरस्कार ५१ हजार रहेको छ । खेलको प्रथम पुरस्का नेपाली कांग्रेसका नेता तथा समाजसेवी डम्वर खड्काले प्रदान गरेको आयोजक समितिका अध्यक्ष मन गुरुङले माइपोखरी न्युजलाई वताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता