इलामको सुर्योदयमा पुजनको जुनेली


इलाम १९ माघः  गायक तथा संगीतकार पुजन प्रधानको गीति एल्वम जुनेलीको विमोचन गरिएको छ । सुर्योदय नगरपालिका फिक्कलस्थित दोभान होटलमा शनिबार प्रधानको छैटौ गीति एल्वम विमोचित भएको हो ।
बरिष्ठ गायक, गीतकार एवम् संगीतकार गणेश रसिक, गायक कुवेर राई, प्रधानका काका पुष्पलाल जोशी, संगीतकार राम दियाली समेतले उनको एल्वम विमोचन गरेका थिए । एक राष्ट्रिय गीत समेत रहेको नयाँ एल्वममा प्रधानले आठ वटा गीत समेटेका छन् । डाँडा पाखा छहराले सजिउको गाउँ, छड्के आँखाले नहेर, भैगो अवतिमि मेरो पछि नलाग जस्ता माया मोह शव्दजालमा आफै उनले गीत लेखेका हुन् । विमोचन समारोहमा गणेश रसिकले जीवन भननु नै घाम र जुन जस्तै भएकाले पुजनको कार्यक्रम सुर्योदयमा जुनेली विमोचन सान्दर्भिक रहेको चर्चा गरे । उनले जन्म देखि मृत्यु सम्म संगीत गाँसीएको ले यसको संरक्षण पनि हामी आफैले गर्नुपर्छ भने । गायक कुवेर राईले विश्वास गर आफूलाई नै अघि बढ्न गारो हुन्न भन्ने बोलको गीत मार्फत शुभकामना दिए । 
पुजन प्रधानले यस अघि २०४५ सालमा लोक गीत संग्रहको रुपमा माइवेनी एल्वम निकालेका थिए । उनले २०५६ मा कोशिष, २०६८ मा परिकल्पना, २०६९ मा रिप्लाई,२०७१ मा चिनो एल्वम निकाले ।शव्द संगीतमा समेत प्रखर प्रधानको चर्चीत गीत पर्खी बस मायालु धेरै श्रोतामाझ कर्णप्रीय छ । कुवेर राइले गाएको टाढा भए के भो मायालुका शव्द उनै प्रधानको हो । जुनेलीमा उनले सवै गीत अनामनगरको डि आर स्टुडियोमा रेकर्डिड. गराएका हुन् । 
कला क्षेत्रमा अविरल फिक्कलमै बसेर क्रियाशील पुजनले पछिल्लो पटक एल्वम प्रकाशित गर्दा करिव अढाइ लाख खर्च गरेको बताए । उनले व्यवसायिक हिसावमा गीत नचले पनि आफुले सरल संगीत र शव्द हालेर जुनेली निकालेको सुनाए । विमोचन कार्यक्रममा उनले चार वटा गीत सुनाए । 
बरिष्ठ गायक तथा संगीतकार मानसीह थुलुङले गाउँघर तिर पनि विमोचन हुन्छ भन्ने आफूलाई पहिले लाग्थ्यो तर अहिले जमाना बद्लीएको बताए । उनले राम्रो काम गर्न ठाउँ नचाहिने बताए । संगीतकार राम दियाली, लोचन योञ्जन ,डील्ली सुवेदी , गायक  भुपेन्द्र राईले पुजनले साहसपुर्वक साँगीतीक यात्रा जारी राखेकोमा प्रशंसा गरे । कार्यक्रममा गायक गायिकाहरु कमल राई, भुपेन्द्र राई, भावना थापा ,लेखु विवश, चन्दनकिशोर लिम्बु, रगुन गुरुङ, कुवेर राइले पुजनको शव्द संगीत भएका गीतहरु गाएका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता