राहासलबाल गृह इलामको भवन निर्माण शुरु, सहयोगको अभाव


इलाम, १९माघः इलामको गोलाखर्क भञ्ज्याङमा रहेको राहासल वाल अनाथालयको नयाँ भवन निर्माण कार्य शुरु भएको छ । शुक्रबार घडेरी खार्ने र पिलरको लागि डोव खन्ने कार्य भएको छ । राहासल वाल अनाथालयको स्रोत व्यवस्थापन समितिले भवन निर्माण अभियानमार्फत रकम संकलन गरिरहेको छ । भवन निर्माणको लागि लगभग ५० देखी ५५ लाख लाग्ने अनुमान गरिएको छ । स्रोत व्यवस्थापन समितिले हाल सम्म ५लाख रकम वैंकमा संकलन भएको जानकारी गराएको छ । 
अन्य वाँकी रकम संकलनको अभियान जारिभए पनि काम शुरु गर्नु भन्दा अगाडिनै रकमको अभाव हुने सम्भाना देखिएको छ । स्रोत व्यवस्थापन समितिका संयोजक चन्द्र राईले माइपोखरी न्युजसँग कुरा गर्नेक्रममा भने हामीले अव माघ २७ गते वशन्त पञ्चमीको दिन भवनको शिलान्यस गरेर काम थाल्ने छौँ अहिले सम्म हामीसँग जम्मा भएको रकमले भवनको जग हाल्न मात्र पुग्ने छ तर सहयोगी मनहरुले अवश्य हामीलाई सहयोग गर्नु हुने छ र यो पुण्यकाममा हातमाहात मिलाएर जानुहुने छ । 
इलामको सन्राईज बैंकमा राहासल बाल अनाथालयको नामा खाता नं. ०१२०४९६४६०७०१००१ मा रकम संकलन भईरहेका छ । हाल अनाथालयमा १५जना बालबालिका अश्रित रहेका छन् । अनथालयले बालबालिकाका शिक्ष, स्वास्थयमा समेत लगानी गर्नुपर्ने भएकाले पनि अनाथालयले आर्थिकभार थाम्न मुस्किल परेको अनाथालयका अध्यक्ष राजेन्द्र चौहानले जानकारी गराए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता