इलामको सिंहबाहीनी मन्दिर पुर्ननिमार्ण अन्तिम चरणमा


  • शिव थापा

इलामको पुरातात्विक तथा धार्मिक महत्व बोकेको सिंहबाहिनी मन्दिर पछिल्लो समयमा पुरानो हुँदै  गएपछि इलामका अग्रज समाजसेवी तथा  नेपाली काँग्रेसका नेता डम्बर  खडकालेले मन्दिरको पुर्ननिमार्ण कार्यमा करिब १५ लाख आर्थिक सहयता गरेका  छन् । 
बिगतमा पनि मन्दिर  पुर्ननिमार्ण कार्यमा सहयोग गरेका  उनले यस  पटक   मन्दिरको पुरानो टिनको छानोलाई  बदलेर  नँया पित्तलको छाना लगाइदिने  र सुन जडित गजुर समेत राख्नका लागि आर्थिक सहयोग गरेपछि   निमार्ण  कार्य अन्तिम चरणमा पुगेको छ  यसका अलावा इलाम स्थायि घर भइ हाल काठमाडौ निवासि निमार्ण  ब्यवसायी द्वय रमेश अधिकारी र राजन बाँस्तोलाले मन्दिरमा धर्मशाला निमार्णका आर्थिक सहयोग गरेका छन  हाल मन्दिर पुर्ननिमार्ण अन्तिम चरणमा गुगेको छ निमार्ण कार्य समाप्त पछि केहि दिनमा हस्तान्तरण गर्ने समितका कोषध्यक्ष देवी प्रसाद सुवेदीले बताए ।१७ औं  शताब्दीमा सामान्य एक छाने  मन्दिरको रुपमा अवस्थीत् यो मन्दिर  इलाम नगरपालिका वडा नं ९  मा पर्दछ  ।
प्रत्येक शनिबार मंगलबार भक्तजनहरुको भिड लाग्ने मन्दिरमा  बिशेषगरेर बडादशैका दिन  श्रद्धालु भक्तजनहरु पूजापाठ तथा दर्शन गर्न आउने यस मन्दिर जिर्ण बन्दै गएको अवस्थामा मन्दिर  मन्दिर मर्मत गरी मुहार  फेरीने निर्माण समितिका नरेन्द न्यौपानेले जानकारी दिनुभयो यसरी मन्दिरको पुर्ननिमार्ण भए पश्चात  यसले मन्दिरको मात्र नभई दर्शन गर्न आउने दर्शनार्थीहरुलाई समेत दर्शन गर्न उत्सुकता दिने न्यौपानेको भनाई छ ।
हाल यस मन्दिरमा  दैनिक पुजाआजाका लागि एकजना पुजारी इलाम नगरपालिकाले ब्यवस्था गरेकोछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता