युनाइटेड फिक्कल र होक्से बिजयी

रोङ १२ फागुन:  पर्यटन प्रर्वधन,सामाजिक कार्य र टोलसुधारको लक्ष्य सहित रोङ ४ को पहरीगाउमा  ११ गते देखी लातेभकुण्डो प्रतियोगिताको आज भएको खेलमा युनाइटेड फिक्कल फुटबल टिम र होक्से फटबल टिम बिजयी भएका छन् ।
 आज भएको पहिलो खेलमा युनाइटेड फिक्कल फुटबल टिमले बुधबारे फुटबल क्लव ए लाइ १ गोल गरेको थियो भने बुधबारेले कुनै गोल गर्न सकेन ।यसैगरि आजकै दोश्रो खेलमा होक्से mुटबल टिमले बाङ्गिन फुटबल टिमलाइ शुन्यको बिरुद्ध ३ गोल गरेको थियो । 
रोङ ४ पहरीगाउ खेलकुद समितिको आयोजनामा भइरहेको सो  खेलको पहिलो चरणको अन्तिम खेलहरु भोली  रोङ १ फुटबल टिम सग धाइजन झापा र तीनघरे फुटबल टिमसग सिस्ने युथ क्लवको भिडन्त हुने भएको छ । 
 आगामी फागुन २१ गतेसम्म संचालन हुने भएको छ । इलाम र झापाको १६ टिम सहभागी र्हेको सो खेलमा बिजयी टिमले नगद ५१ हजार ट्रफीर प्रमाण पत्र र उपबिजेताले नगद ३१ हजार ट्रफीर प्रमाण पत्र पाउने भएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता