तारगाउमा मन्दिर निमार्ण सम्पन्न , शिवरात्रीमा प्राणप्रतिष्ठा गरिने


  • गोबिन्द पौडेल 

सूर्योदय १२ फाल्गुनः सूर्योदय ६ को तारगाउमा शिव मन्दिर निमार्ण सम्पन्न पछि  आगामी महाशिबरात्रीको दिन प्राणप्रतिष्ठा  गरि उद्घाटन गरिने भएकोे छ ।
सुर्योदय नगरपालिका वडा नं ६ तारगाउको सिरानमा रहेको  सिहदेविस्थान परिसर,थलथले सिमसार क्षेत्रमा मन्दिर निर्माण गर्ने उदेश्यले २०६९ बैशाख ३ गतेबाट ९ गतेसम्म श्रीमद्भागवत सप्ताह महापुराणको आयोजना गरि दानबीरहरुको सहयोगमा ७ लाख ७९हजार ९ सय ६९रुपैया  रकम आम्दामी भएको र पुराण समापन गर्नमा  ३ लाख २९हजार ८सय २६रुपैया रकम खर्च गरि बचत रहेको रकम  ४ लाख ४० हजार १ सय ४३ रुपैया वाट मन्दिर निमार्णको कार्य थालानी गरिएकामा स्थानियबासी र भक्तहरुबाट प्राप्त थप सहयोग , तुलादान , जग्गा बाफतको सट्टा रकम  र सापटी समेत १० लाख १९ हजार ५ सय ५४ रुपैया खर्च हुदा मन्दिरको पहिलो तला मात्र निर्माण  हुन सकेको र  रकम अभावमा लामो समयसम्म निमार्ण रोकिएको थियो । 
 मन्दिर निमार्ण समितिको सक्रियतामा थप ५ लाख  ५१ हजार ३ सय ७५ रुपैया ब्यवस्थापन गरि  प्यागोडा शैलिको मन्दिर निमार्ण,गजुर र शिव पाञ्चायन देवताको मुर्ति  ब्यवस्थापन गरिएको निमार्ण समितिको अहिलेपनि रंगरोकन,घेराबारा ,शौचालय,प्रतिक्षालय,यज्ञकुण्ड, प्रबेशद्धार लगायतको काम गर्न बाकी र्हेको निमार्ण समितिका अध्यक्ष डुकराज पौडेलले बताए । हालसम्म भएको खर्च स्थानिय बासी र शुभेच्छुकबाट प्राप्त हो आम्दामीको अन्य बिकल्प नभएपछि मन्दिर निमार्णको क्रम  सुस्ताएका सचिव कुमार बोहोराले बताए । 
 मन्दिर निमार्णको काम सकिनै लागेपछि आगामी फागुन २० गते महा शिवरात्रीको दिन बैदिक बिधिअनुसार प्राण प्रतिष्ठा गर्दै मन्दिर उदुघाटन गरिने भएको छ । आगामी फागुन १९ गते देखी ब्रमाण वटुकहरुबाट आभ्यूदायिक श्राद्ध,लघुरुद्राभिसेक,वेदपाठ,सप्तसति पाठ भागवत पाठ गरिने र २० गते प्राण प्रतिष्ठा सहित समापन गरिने पूजा आयोजक समितिका अध्यक्ष चुडामणी चापागाइले बताए ।
मंन्दिर निमार्णको लागि स्थानिय समाजसेवी टेक बहादुर गुरुङ्ग र तेज बहादुर कार्कीले जग्गा दान गर्नु भएको थियो । मन्दिर नजिकै अहिले बिशाल थलथले पोखरी बन्दै छ, नजिकै प्रचिन महत्वको देबिस्थान नजिकै तारागाउ चिया कारखाना गिद्धेभिर र रमाइलो चियाबारी रहेको छ तर गाउका बुढापाका र धार्मिक भावना भएका मानिसहरु गाउबाहिरका शिव मन्दिरमा जान बाध्य थिए् स्थानिय युवा झबिन्द्र ढकालले बताए । गाउमानै बिकाश र सामाजिक स्थलहरुको निमार्णहुदा आफुले सकेको सहयोग निरन्तर रहने र फेरी यसको आसपासमा गुम्वा बन्छ भने आफु सकेको सहयोग गर्न तयार रहेको जग्गादाता टेक बहादुर गुरुङ्गको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता