अग्नीपीडित दुर्गा पौडेललाई इलाम कांगेसद्वारा २४ हजार सहयोग

इलाम, १२ फागुनः इलाम नगरपालिका ९  नमुना टोल निबासी अग्नीपीडित दुर्गा पौडेललाई नेपाली काङ्ग्रेसले २३ हजार ९८० रुपैयाँ नगद सहयोग गरेको छ । शुक्रबार पीडित पौडेलको घरमै पुगेको नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति र नगर कार्य समितिको टोलीले उक्त रकम हस्तान्तरण गरेको हो । सो नगद जिल्ला कार्य समिति र इलाम नपा ९ नम्बर वडा कार्यसमितिबाट सङ्कलन गरिएको जनाइएको छ । रकम हस्तान्तरण गर्ने कार्यक्रममा  शुक्रबार जिल्ला सचिव खगेन्द्र देवानसहितको टोली पीडितको घरमा पुगेको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता