राँगोले हानेर एक वृद्धको मृत्यु, प्रहरीले गोली हानी राँगोलाई मार्‍यो

काठमाडौं । राँगोले हान्दा काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ । मर्निङवाकमा निस्किएका चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँका ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको हो ।
प्रहरीको अनुसार शनिबार बिहान मर्निङवाक हिडेका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । रोगोँको आक्रमणबाट गम्भीर घाइते भएका महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
आक्रमण गर्ने राँगोलाई प्रहरीले गोली हनेर मारेको छ । मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि प्रहरीले राँगोमाथि गोली चलाएको थियो । राँगो कसको हो भन्ने खुलेको छैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता