इलामको गौतम बुद्ध सभा गृह ईलाममा घुम्ती सत्संग कार्यक्रम सम्पन्न

इलाम ११ फागूनः  बिराट सत्संग समारोह २०७५ कार्यक्रम फागुन २३ र २४ गते श्रदेय आश्रम मेची नगरपालिका वडा नं। ८ जोरसिमल धुलाबारीको प्रचारप्रसार गर्दै शुक्रबार इलामको गौतम बुद्ध सभा गृह ईलाममा घुम्ती सत्संग कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मानव धर्म सेवा समिति इलाम शाखा द्वारा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामको प्रमुख गणेश बराल र विषेश अतिथि नेपाल मानव धर्म सेवा समितिको केन्द्रीय प्रमुख महात्मा चमेली वाई ज्यू बाट पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रमको उद्देश्य प्रकाश पार्दै इलाम जिल्ला सचिव श्याम कमल मुखियाले स्वगत मन्तव्य राखेका थिए भने संस्थाको यूवा संगठन केन्द्रीय संयोजक उत्तम गिरीले अध्यात्मले यूवाहरु क्षणभरमै जिवन परिवर्तन हुने र अध्यात्मको वाटोमा जोड्न लगाउन आमा महत्वपूर्ण भूमिका रहने बताउनु भयो र आव्हान गर्नु भयो प्रचार गरौ समाज परिवर्तन गर्न युवाहरुको मन आध्यत्मको वाटोमा हिड्न अभिप्रेरित गरौ । 
कार्यक्रममा विशेष अतिथि केन्द्रीय प्रमुख महात्मा चमेली वाई ज्यू आर्शिरवचन दिनुहुदै शास्त्रको अध्ययनले सानो देखि ठूलो बिषय सम्मको समाधान , उपाय र ज्ञान प्रदान गर्ने भन्दै विज्ञान पनि शास्त्रले जन्म दिएको बताए । त्यसैले विज्ञानले सबै बस्तु आफ्नो वशमा लिएर पनि मन वशमा लेउनु नसक्ने बताए र त्यो तत्व ज्ञान प्राप्त गर्न शास्त्रले भनेको कूरा जान्नु पर्ने वताउनु हुदै मानव धर्मलाई बुझ्न आग्रह गर्नुभयो । यसैगरी प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामको प्रमुख गणेश बरालले समग्रमा यस संस्थाले मानव आचरण, व्याभार र सभ्यतालाई नैतिक शिक्षाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा हुने गइरहेको कार्यक्रममा आफू उपस्थित हुने जानकारी दिनुभयो। कार्यक्रमको अन्त्यमा अध्यक्ष महात्मा तुलसी वाई ज्यू ले सम्पूर्ण कार्यक्रममा उपस्थित हुने सबैमा धन्यवाद दिदै मेची अञ्चल श्रदेय आश्रम धुलाबारी कार्यक्रममा निमन्त्रणा गर्नुहुदै कार्यक्रम समापन गर्नु भएको थियो ।
कार्यक्रममा मानव उत्थान सेवा समितिका उत्तर पूर्वाञ्चल दार्जिलिङ भारतको संस्कृति विभाग प्रमुख तथा गायक संगीतकार प्रकाश प्रधान साथै विभिन्न कलकार मार्फत कर्णप्रिय भजन प्रस्तुत गर्नुभएका थिए । कार्यक्रम संचालन नेपाल मानव धर्म सेवा समिति मेची अञ्चल सचिव इन्द्र प्रधानले गर्नु भएको थियो ।
तस्वीरः मिलन मुखिया
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता