५८० बढी विद्यार्थीले देखाए प्रतिभा


  • माइपोखरी न्युज


धुलाबारी, ११ फागुनः इस्ट होराइजन अङ्ग्रेजी मावि धुलाबारीले ‘किड्स डे’ मनाएको छ । शनिबार सम्पन्न कार्यक्रममा नर्सरी देखि कक्षा चारसम्मका ५८० बढी विद्यार्थीले प्रतिभा देखाएका थिए । 
विद्यार्थीको ताजगीपन र आफ्नो प्रतिभा देखाउन अवसर प्रदान गर्न किड्स डे मनाइएको विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जिव राईले बताए । ‘एउटा कार्यक्रम आयोजना गर्दा धेरै खर्च लाग्छ’ राईले भने, ‘पढाई सँगै विद्यार्थीमा भएको कलालाई वाह्यरुपमा प्रस्तुत गर्ने अवसर र प्रेरणा दिने  उद्देश्यले यसप्रकारको कार्यक्रम आयोजना गरेका हौँ ।’
कार्यक्रममा विद्यार्थीले चित्रकला, हस्तकला प्रस्तुत गरेका थिए । दुई महिना लगाएर चित्र बनाउन सक्ने भएको विद्यालयका कक्षा –४मा अध्ययनरत् सुजल अधिकारीले बताए । चित्रकलामा कक्षा एकदेखि चारसम्मका विद्यार्थीको सहभागिता रहेको थियो ।  कार्यक्रममा विद्यार्थीले नृत्य, नाटक, गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीद्धारा निर्मित खाद्यन्न बिक्रीमा राखिएको थियो । 
मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख मिना उप्रेती, मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उद्धव विष्ट लगायतको उपस्थिति रहेको विद्यालयका शिक्षक महेश खड्काले बताए । कार्यक्रमको उद्द्योष विद्यार्थीले गरेका थिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता