भोटेटार र भेनस बिजयी

रोङ ११ फागुनः पर्यटन प्रर्वधन,सामाजिक कार्य र टोलसुधारको लक्ष्य सहित रोङ ४ को पहरीगाँउमा आजदेखी लातेभकुण्डो प्रतियोगिताको आज भएको खेलमा बुद्धशान्तिको भोटेटार फुटबल टिम र भेनस सुन्दरपानी बिजयी भएका छन् ।
आज भएको पहिलो खेलमा बुद्धशान्तिको भोटेटार फुटबल टिमले पापा सेभेन कन्यामलाइ पाँच शुन्यगोलले पराजित  गरेको थियो । 
यसैगरि दोश्रो खेलमा भेनस सुन्दरपानीले  बुधबारे फुटबल क्लव बी लाई तीन शुन्यल पराजित गरेको थियो । 
रोङ ४ पहरीगाँउ खेलकुद समितिको आयोजनामा आजबाट भइरहेको सो  खेलमा भोली  बुधबारे फुटबल क्लव ए र युनाइटेड फुटबल क्लव फिक्कल र दोश्रो खेल झापाको होक्से फुटबल क्लव र बाङ्गिन फुटबल क्लव बिच हुने भएको छ ।
आगामी फागुन २१ गतेसम्म संचालन हुने भएको छ । इलाम र झापाको १६ टिम सहभागी र्हेको सो खेलमा बिजयी टिमले नगद ५१ हजार ट्रफीर प्रमाण पत्र र उपबिजेताले नगद ३१ हजार ट्रफीर प्रमाण पत्र पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता