इलामको रोङमा पशुलाइ निशुल्क खोप लगाइदै


  • गोबिन्द पौडेल

रोङ ११ फागुनः रोङ गाउपालिकामा किसानले पालेको पशुमा निशुल्क खोप लगाउने कार्य धमाधम चलिरहेको छ ।
 रोङ गाउपालिका पशु शाखाद्वारा संचालित सो कार्यमा रोङका ६ बटै वडाहरुका किसाले पालेको वाख्रामा पि.पि. आर र गाई भैसीमा खोरेत रोगको खोप लगाइएको हो । भारत र झापासग सिमाना जोडिएको र मेची राजमार्ग समेत रहेको रोङ गाउपालिकामा किसानले पालेको बाख्रा र गाइबस्तुमा उक्त रोगहरुको उच्च जोखिम रहेकोले रोग लाग्न नदिन सो खोप कार्यक्रम अभियानको रुपमा चलाइएको गाउपालिकाले जनाएको छ ।
 बिगतका बर्षहरुमा पनि सो खोप अभियानको रुपमा गरिएको र कतिपय किसानहरुले आफ्ना पशुहरुमा खोप लगाउन नचाहादा रोग देखिएको तर खोप लगाएका पशुहरुमा सो समस्या नदेखिएको कारण आफ्ना पशुहरु सुरक्षित राख्न सबै किसानहरुले आफ्ना पशुहरुलाइ खोप लगाउन, पर्ने पशु सेवा प्रमुख मिग्मा रिन्जी शेर्पाले बताए ।  
माघको २१ गतेबाट फागुन २० गतेसम्मा चल्ने खोप सेवामा किसानको घर र गोठमै पुगेर खोप लगाउन गाउपालिकाको सबै बडामा गरि १४ जना प्रबिधिकहरु खटेका छन । गत बर्ष गाउपालिका भित्र १६ हजार पि.पि आर र सातहजार पशुहरुमा खोरेतको खोप लगाइएको थियो । यता गाउपालिकाले किसानहरुको  हितमा पशुहरुमा निशुल्क खोप सेवा संचालन गरेकोमा खुसी लागेको रोङ ६ का किसान सबिता प्रधानले बताइन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता