
काठमाडौं, ११ फाल्गुनः नेपाली कांग्रेस पार्टी भित्र अराजकता,अनुशासन हिनता र अन्तरघात बढेको भन्दै नेपाल विद्यार्थी संघले भोलि साढे दस बजे पार्टीको केन्द्रिय कार्यलय सानेपामा मौन प्रदर्शन गर्न लागेको छ। पटकपटक नेपाली कांग्रेसका नेताहरू माथी आफ्नै केन्द्रिय कार्यलयमा भएको दुव्र्यवहार रोक्न र नेताहरूले एक आपसमा आक्षेप लगाउने कार्यलाई बन्द गर्न दवाव दिन नेपाल विद्यार्थी संघले मौन प्रदशन गर्न लागेको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिएका छन।
नेपाल विद्यार्थी संघको भोलि हुने लागेको मौन प्रदर्शनको नेतृत्व नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले गर्दै छन। शाहले कांग्रेसमा आत्मीयता सहितको एकता र आत्मअनुशासन सहितको सहकार्यको अभियान चलाउदै आएका पनि छन। भोलि हुने मौन प्रदर्शनमा पार्टी भित्र अनुशासन कायम गरौं, अराजकतालाई नियन्त्रण गरौ, अन्तरघात गर्नेलाई कार्वाही गरौ जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरिने जनाइएको छ।