अलैचीको सराबाट बिभिन्न सामाग्री बनाउने तालिम शुरु


  • गोबिन्द पौडेल 

रोङ, २१ फाल्गुनः रोङ ६ को सलकपुरमा अलैचीको सराको प्रयोगगरि बिभिन्न सामाग्रीहरु निमार्ण संबन्धि ६ दिने तालिम आजबाट शुरु भएको छ ।
रोङ गाउपालिकाको महिला लक्षित स्वरोजगार कार्यक्रम अनुसार  यो तालिम संचालन गरिएको हो । बारी र जगलमा पाइने अलैचीको सराबाट बिभिन्न प्रकारको लुगाकपडा , सजावटका सामाग्रीहरु, झोला, गुन्द्री, बिछ्यौना र उपहारजन्य सामाग्रीहरु बनाउन सकिने भएको कारण प्रसस्तमात्रामा कच्चा पर्दाथ अलैचीको सरा पाइने जिर्मलेमा यो तालिम संचालन गरिएको गाउ पालिकाकबो उपाध्यक्ष चन्द्रकला राइले बताए । तालिममा २२ जना महिलाहरुको सहभागिता रहेको छ भने तालिमको सहजीकरण चन्दन फाइबर उधेग ताप्लेजुङ्गका माया गुरुङ्गले गरिरहनु भएको छ । 
प्रशिक्षक गुरुङ्ग ताप्लेजुङ्गमा  २०६८ सालबाट ब्यवसायिक रुपमा उधोग नै संचालन गरेर बस्नु भएको छ । भने उनको उध्योमा अन्य १० जना ले रोजगारी समेत पाएका छन् । अहिले नेपाल भारत र भुटानमा मात्र रहेको यस्ता उधेगबाट उत्पादित सामाग्रीहरु बजारको मागअनुसार पुर्याउन नसकिएको उनको भनाइ रहेको छ । यता मुलुकमा बेरोजारी समस्या बढीरहेको बेला खेर जाने अलैचीको सराबाट सामाग्री बनाउने तालिम संचालन गरेर स्वरोजगार बनाउने प्रयास गाउपालिकाले गरेकोमा आफुहरु उत्साहित भएको सहभागी लक्ष्मि तामाङ्गले बताए। यस अघि इलामको बालनगाउमा सय प्रकारको तालिम संचालन भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता