सहिदको सपना पुरा गर्न पार्टीलाई विचलित नबनाउने नेकपाका दुई अध्यक्षको उद्घोष

इलाम, २१ फागुनः प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शहिदहरुको सपना सकार गर्न कम्युनिष्टहरुको एकता भएको र सरकारले त्यही अनुरुप काम गरिरहेको बताउनुभएको छ । बामपन्थी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सपना एक मजवुत कम्युनिष्ट पार्टीको निर्माण रहेको र पुरा गर्न नै एमाले र माओवादी एकता भएको वहाँले बताउनुभयो । देश विकास, समृद्धि र सहिदहरुले देखेको कम्युनिष्ट एकता अहिले २ तिहाइको सरकारले पुरा गरेको प्रधानन्त्री ओलीको भनाइ रहेको छ ।

४६ औ सुखानी शहिद स्मृती दिवस तथा श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै ओलीले मुलुक रुपान्तरणका आहुती दिने अझै पनि व्यक्तित्वहरुलाई शहिद घोषणा गर्न बाँकी रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । वहाँले फागुन २१ अघि नै शहिद घोषणा गर्ने तयारी भएपनि ताप्लेजृुङ दुर्घटनाले प्रक्रिया पुरा गर्न नपाएको बताउनुभयो । चुनाव ताका पार्टी एकताको उद्धघोष गर्दा नपत्याउनेहरु अहिले पार्टी फुटाउने षडयन्त्रमा लागेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले पाटी एकता अचानक भएपनि लामो समयको छलफल र तयारीपछि मात्रै सम्भव भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चन्दा उठाएर, विष्फोट गराएर आफुहरुलाई पार्टी भन्दै जनतालाई भ्रम छर्ने र आतंक मच्चाउनेलाई सरकारले कारबाही गर्ने बताउनुभयो । हसिया र हथौडा अंकित झन्डा ओढेर लुटतन्त्र नफैलाउनेलाई कारबाहीको दायारामा ल्याएर जनताको जिवनस्तर उकास्ने खालका योजना र कार्यक्रम ल्याएर काम गरिरहेको वाहाँले बताउनुभयो ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापा विद्रोह र १० बर्षे जनयुद्धलाई जोडेर मुलुक अगाडी बढाउने सपना काम पार्टी एकता भएपछि साकार भएको बताउभयो । वहाँले फागुन १ र २१ लाई जोडने संकल्पको अर्थ भर्खरै मात्रै सार्थक भएको बताउनुभयो । संविधान निर्माणमा आफनो महत्वपुर्ण योगदान रहेको बताउँदै प्रचण्डले तत्कालिन समयमा प्रमुख प्रतिपक्षी भएपनि सो भुमिका नखेलेको भए दोश्रो संविधानसभा समेत असफल हुने खतरा रहेको खुलासा प्रचण्डले गर्नुभयो । वहाँले २ अलग अलग धारका कम्युनिष्ट पार्टीहरु एकै ठाँउमा आउने अवस्था नभएपनि मुलुकको समृद्धिको लागी एकता गरेको बताउनुभयो । एकताबद्धका लागी अनेक षडयन्त्र भएपनि केही दिनभित्र नै तल्लो तहसम्मको एकताले सकारात्मक सन्देश दिने प्रचण्डले बताउनुभयो । प्रतिक्रियाबादीहरुले २ अध्यक्षबिच फाटो ल्याउन षडयन्त्र भएकाले १ बर्षे अवधीमा समिक्षा गरेर अगाडी बढेको भन्दै प्रचण्डले कुनै पद र प्रतिष्ठाका लागी नभई आफु मुलुकको हितका लागी समयको माग अनुसार पार्टी एकता भएको बताउनुभयो ।
विस २०२९ साल फागुन २१ गते तत्कालिन समयमा झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा नारायण श्रेष्ठ, कृष्ण कुइकेल, विरेनसिंह राजवंशी, नेत्र घिमिरे र रामनाथ दाहाललाई सुखानी जंगलमा हत्या गरिएको थियो । सहिदहरुको सम्झनामा बामपन्थीहरुले फागुन २१ लाई सुखानी स्मृती दिवसको रुपमा ४६ वर्षदेखि मनाउदै आएको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपि सर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले सहिदहरुको सालिकमा पुष्पगुच्छाले माल्यार्पण गर्नुभएको थियो । लोकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता