झापा गोल्डकपः त्रिभुवन आर्मी सेमीफाइनलमा

बिर्तामोड, २१ फागुनः विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । शसस्त्र प्रहरीको एपीएफ क्लबलाई ३—० गोलअन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो । पहिलो हाफको ४३ औँ मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 
दोस्रो हाफको अन्त्यतिर आर्मीले २ गोल गर्न सफल भयो । दोस्रो हाफको ३७ औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका फरवार्ड नवयुग श्रेष्ठले त्यसको एक मिनेट बित्न नपाउँदै तेस्रो गोल गरि टिमको जित शुनिश्चित गरेका थिए । खेलमा म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । बुधबार विभागीय टोली नेपाल प्रहरी र थ्री स्टार क्लबबीच खेल हुने आयोजकले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता