सूर्योदयमा नयाँ पर्यटन गन्तब्य तारगाउँको शिव मन्दिर

  • गोबिन्द पौडेल 

सूर्योदय, २१ फाल्गुनः सूर्योदय नगरपालिका ६को तारगाउँमा सिद्धेश्वर महादेबको मन्दिर निमार्ण गरि शविरात्रीको दिन प्राणप्रतिष्ठा   गरि उद्घाटन गरिए पछि नयाँ पर्यटन गन्तब्य थपिएकोे छ ।
सूर्योदय नगरपालिका वडा नं ६ तारगाउको सिरानमा कुल १५ लाख ७० हजार ९ सय २९ रुपैयाको लागतमा प्यागोडा शैलिको मन्दिर निमार्ण गरि शिव पाञ्चायन देवताको मुर्ति सहित सोमबार प्राण प्रतिष्ठा गरिएपछि धार्मिक पर्यटनको गन्तब्य समेत बनेको छ । यहाँबाट धार्मिक भावनाले टाढाको मन्दिरमा जानेमात्र हैन धार्मिक आस्थाहरुलाई बाहिरबाट भित्र्उन समेत सकिने भएको हो ।  तारगाउँको सिहदेविस्थान परिसर, थलथले  पोखरी, चियाखेती र चिया कारखाना, किसानले गरेको तरकारी खेतीको  उदहारण समेत सो गाउँमा रहेकोले पर्यटन प्रबर्धनको प्रचुर संभावना रहेकोले पर्यटन प्रर्बधनको संभावना देखिएको हो ।
 सो स्थानमा मन्दिर निर्माण गर्ने उदेश्यले २०६९ बैशाख ३ गतेबाट ९ गतेसम्म श्रीमद्भागवत सप्ताह महापुराण समेत लगाइएको  थियो । हिजोबाट बैदिक बिधिसहित  शुरु गरि आज महाशिवरात्रीको दिन बरिष्ट बिद्धान पंण्डित टिकाराम भट्टराई नेतृत्वमा चौधजना ब्रमाणहरुबट आभ्यूदायिक श्राद्ध, लघुरुद्राभिसेक, वेदपाठ, सप्तसति पाठ भागवत पाठ सहित मुर्ति स्थापित गरि प्राणप्रतिष्ठा गरिएको हो ।   यसअघि मन्दिरमा स्थापना गरिने मुर्तिहरुलाइ बिशेष शुभ साइतमा हर्कटेबजारबाट भजन किर्तन मण्डलीहरुद्धरा र संख घण्टको ध्वनी  सहित मन्दिर प्रबेस गराइएको थियो । 
मन्दिर उद्घाटन कार्यक्रममा मन्दिर निमार्णमा बिशेष सहयोग गर्ने जग्गादाता दानबिर टेक बहादुर गुरुङ्ग, पंण्डित टिकाराम भट्टराई र बिशेष सहयोगी बाहुण्डागी निवासी दिपक खवास, सुनपा ९ काजीफाटकका इन्द्र तामाङ्ग र निमा छिरिङ्ग लेप्चालाइ सम्मान समेत गरिएको थियो ।
 मन्दिर उद्घाटन पछि भोलीदेखीनै नियमित पाठपूजा को  ब्यवस्था गर्ने र कुनैपनि धार्मिक कार्यहरु ब्याक्तिगत र सामुहिक रुपमा समेत गर्न सकिने मन्दिर निमार्ण समितिका सचिव कुमार बोहराले बताए । साथै आगामी निकट दिनमानै मन्दिरको साधारण सभा राखेर सबै  बिबरणहरु सार्वजनिक गरि मन्दिरको बिकास र ब्यवस्थापन चुस्त  दुरुस्तर पारदर्शी बनाएर लैजाने समेत उनले बताए ।
यता आफ्नो वडामा लामो समयदेखी निमाधिन मन्दिर निमार्ण सम्पन्न भएको मा आफुलाइ खुसी लागेको र मन्दिरको बिकास र प्रबर्धनमा आफु निरन्तर लागि रहने वडाध्यक्ष शिव कुमार बस्नेतले बताए । मन्दिरको बिकास र प्रर्बधन सगै पोखरीको बिकास, खास गरि गुरुङ्ग जातिको सास्कृतिको बिकास ,होमस्ट र आर्गेनिक तरकारी उत्पादनको केन्द्रको रुपमा बिकास गर्ने वडाको लक्ष्य रहेको ले सबैको साथ र सहयोगको  खाचो रहेको उनको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता