झापाको दमकमा मोटरसाइकल जुध्दा इलामका पुरणकुमारको मृत्यु, ३ घाइते

दमक, २१ फागुनः विपरीत दिशाबाट आइरहेका मोटरसाइकल एकापसमा जुध्दा १ जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा गएराति करीब ८ बजेतिर सो दुर्घटना भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को३प ७७०० नंको मोटरसाइकल एकापसमा जुधेका थिए ।
मृत्यु हुनेमा इलाम चुलाचुलीका ४० वर्षीय पुरणकुमार राई रहेका छन् । उनी समाजवादी युवा फोरमका प्रदेश नं १ समिति सहसंयोजक रहेको खुलेको छ ।
घाइते हुनेमा दमक–१० का २५ वर्षीय सुजन धिमाल, पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेका अन्दाजी ४० वर्षीय एक नाम नखुलेका व्यक्ति रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घाइते सबैको विराटनरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता