सुखानी हत्याकाण्डका ४६ वर्षः सुखानी स्मृति दिवस मनाउन प्रधानमन्त्री ओली र प्रचण्ड इलाम आउँदै

इलाम, २१ फागुनः प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४६ औँ सुखानी शहीद स्मृति दिवस मनाउन आज इलाम आउँदै हुनुहुन्छ । इलामको माईनगरपालिकाको सुखानी शहीद उद्यानमा आयोजना हुने श्रद्धान्जलीसभामा सहभागी हुन नेकपाका दुई अध्यक्ष मंगलबार आउर्नुहुने भएको हो ।
मंगलबार दुवै अध्यक्षले सहिदहरुको नाममा एकै मन्चबाट सम्बोधन गर्नुहुनेछ । विशेष गरेर ४६ वर्षअघि कम्युनिष्ट आन्दोलनमा हत्या गरिएका पाँचजना शहीदहरु, झापा आन्दोलनका क्रममा बलिदान दिएका चन्द्र डाँगी र रामप्रसाद प्रधानसहितका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम समेत रहेको नेकपा जनाएको छ ।
कम्युनिष्ट आन्दोलका बेला माइनगरपालिकाको सुखानी जंगलमा लगेर पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको भन्दै तत्कालीन पञ्चायती शासकले नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई हत्या गरेका थिए ।
२०२८ सालमा उनीहरुलाई पञ्चायत सरकारले पक्राउ गरेर झापाको चन्द्रगढी कारागारमा राखेको थियो । त्यपछि अर्को वर्ष २०२९ साल फागुन २१ गते आजकै दिन इलाम कारागार सार्ने बहानामा पाँचजनाको हत्या गरिएको थियो । सोही दिनको सम्झनामा नेकपा नेताहरुले सुखानी स्मृति दिवस मनाउँदै आएका छन् ।
यसका साथै केही दिनअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शनिबार राति निधन भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री र नेकपाका नेता भरतमोहन अधिकारीको योगदानको कदर गर्दै सुखानीमै उनीहप्रति पनि संयुक्त श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।
विगतका वर्षहरुमा पूर्वएमाले र पूर्वमाओवादीले फरक दिन र फरक ठाउँमा यो दिवस मनाउने गर्दथे । पार्टी एकतापछि भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र पार्टीका अर्का अध्यक्ष प्रचण्ड आज झापास्थित चन्द्रगढी विमानस्थल हुँदै झापा र इलामको सीमावर्ती क्षेत्र खुखानी आउन लाग्नुभएको हो ।
अध्यक्षद्वय आउने भएपछि त्यहाँको सुरक्षा ब्यवस्थामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यलय झापाले जनाएको छ । सुरक्षका लागि जिल्लका सबै सुरक्षा निकायलाई सकृय बनाइएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । इालमको पनि सुरक्षा व्यवस्था कडाई गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानाएको छ । इलामका सवै सुरक्षा निकायहरु पनि सकृय बनाईएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता