सिंगलपा, २० फागुनः इलामको देउमाई नगरपालिका ५ सिंगलपाको देउमाई खोलाको किनारमा रहेको जट्टेश्वर महादेव मन्दिर परिसरमा शिवरात्री मेला लगेको छ । आज शिवरात्रीको अवसरमा सो स्थानमा मेला लगाईएको हो । देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेलको प्रमुख आतित्यमा भएको कार्यक्रममा देउमाई नगरपालिकाका सवै वडाका वडा अध्यक्षहरु, देउमाई नगरपालिकाका कार्यकारी प्रमुख प्रेम दाहाल लगायतको उपस्थिति रहेको थियो ।
देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको संगम स्थलमा रहेको जट्टेश्वर महादेव मन्दिर परिसरमा धेरै भक्तजनहरुको भिड देखिन्थ्यो विभिन्न सास्कृतिक कार्यक्रम सहितको मेलामा आयोजकले विभिन्न सामाग्री, खाद्यन्यका स्टलहरु पनि राखेका थिए ।
२०७३ सालमा धनवहादुर कार्कीले सपनामा देखेको आदारमा शिलाहरु स्थापना गर्दै जट्टेश्वर महादेवको स्थापना गरिएको थियो मन्दिर परिसर नजिकै कालि नाग, सेती नाग लगायत गुफा पनि रहेको छ । इलामको देउमाई नगरपालिका ५ सिंगलपामा पर्ने जट्ट्श्वर महादेव मन्दिरको प्रचार प्रसारको अभावमा अझै पनि ओझेलमा परिरहेको छ । मनोरम प्रकृतिक सुन्दरताको विचमा रहेको यो स्थललाई प्रसार प्रसार गरे एउटा महत्वपूर्ण धार्मीक पर्यटकीय स्थलको रुपमा स्थापना गर्न सकिनुको साथै इलामको पर्यटनमा एउटा सिंडी थप्ने काम हुने थियो ।
हेर्नुहोस भिडियो