जितपुरको झाक्रीगुफा जुन रतुवा खोलाको नामाकरण इतिहास सँग सम्बन्धित छ(फोटोफिचर )

  • बिमल अधिकारी 

देउमाई २१ फाल्गुणः साविक जितपुर  सात हाल  इलाम जिल्ला देउमाई नगरपालिकाको वडा न नौ स्थित बोक्सेथुमका भन्ने ठाउँमा एउटा गुफा छ । जुन झाक्री गुफा नामले परिचित छ । विभिन्न भाषा अनुसार  नेपाली भाषामा शिव पार्वती, किराँती भाषामा पारुहाङ्ग  सुम्नीमा र युमा थेवा भने झैं मगर समुदायहरुले झाक्री झक्र्यानी नामले यीनै शिव पार्वतीलाइै भन्ने गर्छन। यिनै शिब पार्बतीको अवतारका रुपका झाक्रीहरु यी गुफा माथिको  डाँडा तथा यो क्षेत्रमा नाच्ने , गाउँने, तन्त्रमन्त्र जप्ने ,चिन्ता बस्ने, आराम गर्ने भएकोले यस  गुफाको नाम झाक्री गुफा रहेको स्थानीय रुप बहादुर पुलामी मगरले बताए । 
पहिले उक्त गुफामा  ठुला सर्प बस्थे र तिनि हरुले बस्तुभाउ तथा मान्छेलाइै धेरै दुख दिएको र बिजुवाले आफ्नु थाली ले सर्पको टाउकोमा हान्दा रक्ताम्य भएर सर्प मरेको र सोहि रगत बगेर गएर रक्त खोला भयो अनि पछि रतुवा खोला नाम रहेको हुँदा उक्त झापा को उक्त रतुवा खोलाको इतिहास सँग पनि झाक्री गुफा जोडिएको रुप बहादुर मगरले बताए । उक्त गुफाको टुप्पो मा पहिला पहिला दिउसै तथा राती पनि  आगो बलिरहेको देखिएको , गुफा छेउ को कुवामा केटाकेटि हरु जस्तो आकृति देखिने गरेको पनि उनले बताए। यस क्षेत्र लाइ सरकार , स्थानीय तथा सरोकारवाला सबैले पहल गरि ब्यबस्थापन गरि पर्यटन प्रबर्द्धन गर्नु जरुरी रहेको स्थानीयको अपेक्षा रहेको छ। अहिले उक्त गुफा क्षेत्रमा देबिथान रहेको र त्यहा पुजा गर्नाले दिर्घ रोग निको हुनका साथै मन शान्त हुने बिस्वा आफुहरुमा रहेको र सधै पुजा गर्ने गरेको स्थानीयहरु बताए ।
यस क्षेत्रलाइ जितपुर नवमी लिङ्गदिङ्ग चिसापानी फुलुङ्गी दोभान तिर्थ मार्गले छोएको छ जुन हाल सम्म कच्ची रहेको छ । यो क्षेत्र को सबै भन्दा गहन समस्याका रुपमा  हालसम्म पनि विद्युतको पहुँच नभएको स्थानीयको गुनासो रहेको छ।
उक्त क्षेत्रमा विभिन्न एेतिहासिक गाउ रहेका र ति  विभिन्न गाउहरुको नामाकरण इतिहासबारे केहि समय अगाडी स्थानीय बासी तथा बौद्धिक ब्याक्तीहरुबाट यस्तो दस्ताबेज फेला पारेको पर्यटन सरोकारवाला तथा देनपा नौ का वडा सचिब युबराज घोर्साइ ले  तथ्यांक सहित जानकारी दिनु भयो।
 
जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित देउमाई नगरपालिकाको वाड न नौ को देउमाई खोला किनारबाट पूर्व, साविक जितपुर ८ चिसापानी खोल्सीबाट उत्तर साविक जितपुर ६ बोक्सेथुम्का खोल्सीबाट दक्षिण, साविक जितपुर ७ मा अवस्थित सुर्योदय, अस्त हिमाल पहाड लेख बेंशी तराई देख्न सकिने मनोमोहक लेकलाई चुम्बन गरी रहने लेकंचुम्बन शब्दबाट अपभ्रम्श भई लेचुम्बा नामले चिनिने प्रसिद्ध पर्यटकीय स्थलको काखमा अवस्थित साविक जितपुर ७ मा जम्मा चार वटा गाउँहरु छन् ।
जस मध्ये भाङ्ग्रे  डाँडा एउटा हो ।मगर जातीको प्राचिन पोशाकलाई भाङ्ग्रा भनिन्छ । यीनै संधै भाङ्ग्रा लगाउने मगर पूर्खाहरुको नामबाट यस ठाउँको नाम भाङ्ग्रे डाँडा रहन गयो ।
त्यस्तै अर्को गाउ हो चिसापानी जस्को नामाकरणको इतिहास यस्तो रहेको छ।  देउमाई र माईखोलाको दोभान फलुङ्गी दोभानबाट उकाली धेरै लामो बाटो काटे पछि एउटा गाउँ छ, त्यस गाउँका मगरर्नी आमाहरु माटोको गाग्रोमा माटो मै गाडेर चैत्र बैशाखको गर्मीमा उधो उभो  हिड्ने बटुवाहरुलाई चिसोपानी दिइने गाउँ भएकोले यस गाउँको नाम चिसापानी रहन गएको किम्बदन्ती छ।
त्यस्तै अर्को गाउ हो अम्लाबुङ्ग जस्को इतिहास यस्तो छ। मगर भाषामा फलफुलको बगैंचालाई आङ्ला भनिन्छ र वासनालाई बुङ भनिन्छ ।यसै परिप्रेक्षमा मगर पूर्खाहरुले यस ठाउँमा शुरुमा विभिन्न जातका स्थानीय  फलफुलको बगैंचा रोपी बिभिन्न फलफुलको वासना आइरहने ठाउँ भन्ने अर्थमा आङलांबुङ भएर यस ठाउँको नाम आङलाबुङ्ग रहन गयो । 
अर्को गाउ हो बोक्सेथुम्का ( शिव पार्वतीका अवतारी झाक्री झक्र्यानीहरु नाच्ने गाउने बस्ने थुम्का भएकोले बस्ने थुम्काको नामबाट बक्सेथुम्का नाम रहन गयो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता