वोलेरोको ठक्करबाट एकको मृत्यु

चितवन । पूर्वीचितवनको निपनी चोकमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ । भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ च ५००७ नम्बरको बोलेरोले  ठक्कर दिँदा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापाको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका–१० निपनी चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने वोलेरो र चालकलाई ईलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता