माइभ्याली गोल्डकपः दुवै नयाँ टोली फाईनल भिड्नै, उपाधी जित्ने आ–आफ्नो दावी (भिडियो सहित)

इलम, ४ फागुनः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण फाइनल खेल इलामको ठूलो टुँडीखेलमा मंगलबार हुँदैछ । 
हेर्नुहोस् भिडियो
नेपाली क्लब हिमालयन शेर्पा र विदेशी क्लब दाफिन्स फुटबल क्लब क्यामारुन विच हुने भएको छ । माइभ्याली गोल्डकपको लागि दुवै टोली यो संस्करणमा मात्र भाग लिएका हुन अघिल्ला संस्करणमा सहभागी नभएका दुवै नयाँ टोली हुन । दुवै टीमको अघिल्ला खेल हेर्ने हो भने माइभ्याली गोल्डकपमा ३ वटा खेल खेलेको हिमालयनले सर्वाधिक ११ गोल गरेर २ गोलमात्र बेहोरेको छ ।  दाफिन्सले भने आफ्नो २ खेलमा ५ गोल गरेको छ भने १ गोल मात्र बेहोरेको छ । 
नेपाली फुटबलको नवप्रवेशी दाफिन्सले २ महिनाको अवधीमा ८ प्रतियोगितामा सहभागीता जनाएको दाफिन्सले पोखरा कप, बुढासुव्वा गोल्डकप र तिलोत्तमा गोल्डकप जित्दै उपाधी ह्रयाट्रिक गरेको छ । माईभ्याली गोल्डकपको उपाधी जित्दै चौथो उपाधी पनि आफ्नो नाम गर्ने लक्ष्यका साथ मैदानमा उत्रने दाउमा छ । दाउफिन्सका सिलो नाङ्गाले दुई वटा पहेँलो कार्ड पाएर फाइनल खेल गुमाउँदै छन् । 
सहिद स्मारक लिगमा सातौँ स्थानमा रहेको हिमालयन शेर्पाले  सिजनमा दोस्रो पटक फाइनल खेल खेल्दै छ । सिजनको पहिलो उपाधी जित्ने दाउमा रहेको हिमालयनमा माईभ्याली गोल्डकपमा आएर चम्कीएका स्टाइकर सुनिल खड्का साथमा अघिल्ला संस्कारणको माईभ्याली गोल्डकपको अनुभव बटुलेका निरज वस्नेत, गोलरक्षक किसोर गिरी सहित मैदनमा उत्रने छ ।
दुवै टीमले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेर उपाधी जित्ने दाउमा मैदनमा उत्रने बताएका छन् ।
२०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित  प्रतियोगिता हो । प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता