इलामको गोलाखर्कमा जीपले दुई मोटरसाईकलाई ठक्कर दिंदा दुईजना घाईते


इलाम, १४ चैतः इलामको गोलाखर्क भञ्जायाङमा जीपले दुई वटा मोटरसाईकललाई ठक्कर दिंदा दुई जना घाईते भएका छन् । आज दिउँसो  ईलामबाट विर्तामोडतर्फ जादै गरेको मे १ ज ४२६ नम्बरको  जिपले विपरित दिसाबाट आउदै गरेका दुईवटा मोटरसाईकललाई ठक्कर दिएको हो । 
जीपको ठक्करबाट  बा ३९ प ५६१० र बा ५८ प ५४९९ नं.को मोटरसाईकलाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट मोटरसाईकलका सवार इलाम ९ पिपलबोटे बस्ने  सविन लिम्बु र सोही स्थान वस्ने सिद्धि वहादुर लिम्बु घाइते भएकाछन् । दुवै घाइतेको इलाम अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि झापाको विर्तामोड पठाईएको छ । 
जिपका चालक  इलाम जिल्ला  देउमाई नगरपालिका ३ बस्ने सुजन राउतलाई  प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता