लागुऔषध बिरुद्ध सट मुभी

बिर्तामोड, १४ चैत्रः लागुऔषध हटाउने उद्देश्यका साथ बिर्ता एन्ड इन्टरटेन्टमेन्टको व्यानरमा ‘मिसन बिर्तामोड’ नेपाली सट मुभी बन्ने भएको छ । ‘लागुऔषध तथा दुव्र्यसन जरैबाट हटाऔँ, सभ्य बिर्तामोडको कल्पना गरौँ’ भन्ने नाराका साथ फिल्म बन्ने भएको हो । 
गाउँबाट विभिन्न शिलशिलामा बिर्तामोड आएर बसेका युवा पिढी कसरी दुव्र्यसनमा दिन प्रतिदिन फस्दै गएका छन् भन्ने कथामा मिसन बिर्तामोड केन्द्रित रहने निर्माण पक्षले बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी गरायो ।
१० दिनको छायांकनमा सुटिङ सकिने लक्ष्य लिइएको चलचित्र युनिटले शुक्रबार बिहान पाउ पाथिभरामा शुभ मुहूर्त गर्ने निर्देशक राजसुब्बा लावतीले बताए । सट मुभी झापा र इलामका रमणीय तथा ग्रामीण क्षेत्रलाई छायांकन गरिने छ ।  यस सट मुभी करिब ७ लाख रुपैयाँको लागतमा निर्माण हुने जनाइएको छ ।  मुभीमा एउटा गीत समावेश गरिने बताइएको छ । एक महिना पछि प्रिमियर शो गर्ने लक्ष्य लिइएको निर्माता राजन थापाले जानकारी दिए । ‘प्रिमियर शोपछि स्कुल र कलेजमा प्रदर्शन गर्ने उनले बताए ।  मुभी व्यापारिक उद्देश्यले निर्माण नहुने उनको भनाइ छ । 
सुवास लिम्बूको सिनेमाटोग्राफी रहने मुभीको निर्माता राजन थापा र समूह, कार्यकारी निर्माता एलसी श्रेष्ठ, सह निर्माता अर्जुन मेचे र द्वन्द्व सन्तोष खवासको रहनेछ । कलाकार राजन थापासँगै रमेश बोहरा, राज शेर्मा, कृष्ण तामाङ, विक्रम गेलाल, प्रताप सुनुवार, सेजल कडरिया, चन्द्र राजवंशी र पेम्वा लामा वरिपरि कथा केन्द्रित रहने बताइएको छ । पदम तामाङको मेकअप रहने मुभीको अन्य कलाकारमा रीना तामाङ, राजु गौतम, राज शर्मा, चेतन खतिवडा, एलसी श्रेष्ठलगायत रहेका छन् । विशेष स हयोगीमा रमेश चौधरी, प्रकाश गुरुङ र याम लिम्बू रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता