प्रहरीको आयोजनामा जनचेतनामुलक कार्यक्रम

इलाम १५ चैतः समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रबर्द्धनार्थ समुदाय प्रहरी पालिका समिति इलाम नगरपालिका इलाम तथा जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा निरन्तर रुपमा सचेतनामुलक कार्यक्रमहरु संचालन भई रहेको छ । सोही अभियान अन्तर्गत बिहीबार इलाम नगरपालिका  ८ को वडा कार्यालयमा उक्त वडाका वडा अध्यक्ष होम बहादुर बस्नेतको अध्यक्षता तथा इलाम नगरपालिका ७ का वडा अध्यक्ष नरेश श्रेष्ठको आतिथ्यता, वडा सदस्यहरु, तथा महिला तथा बालबालिका शाखाका सहायक महिला निरीक्षक योगमाया बोहरा, करुण फाउण्डेशन इलामका सहजकर्ता प्रकाश घिमिरे सोही वडाका स्वास्थ्य इन्चार्ज बसन्त सुबेदी लगायत स्थानिय मानिसहरु एवं अपाङ्गाता भएका ब्यक्तिहरुमाझ “समुदाय(प्रहरी साझेदारी कार्यक्रम प्रबर्द्धनार्थ अपाङ्गकता भएका ब्यक्तिहरुसँग प्रहरी” कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरु माथि हुने हिंसा, दुर्ब्यवहार, ट्राफिक सचेतना बारे नेपाल प्रहरी प्रशिक्षण प्रदान एवं अन्तरक्रिया गरीएको छ भने  अपाङ्गाता भएका ब्यक्तिहरुलाई सहयोगी सामाग्रीहरु समेत बितरण गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता